arrow

फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
Nepal-Oil-Negam.jpg.jpeg
फाइल तस्बिर

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।

पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १ सय ६९.५०, १ सय ७१ र १ सय ७२ तथा डिजेल/मटिटेल क्रमशः १ सय ५७.५०, १ सय ५९ र १ सय ६० तोकेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १.८३ र डिजेलमा रु १.५६ बढेर आएको निगमले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ