arrow

रोहित नै टी–२० विश्वकपमा भारतको कप्तान

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
rohit-sharma-worldcup-history.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आगामी जुनमा हुने टी–२० विश्वकप क्रिकेटमा भारतको कप्तान रोहित शर्मा नै रहने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले आगामी टी–२० विश्वकपका लागि भारतको कप्तान रोहित शर्मा नै हुने बताएका छन् ।

जय शाहले सन् २०२३ को एक दिवसीय विश्वकपको फाइनल हारे पनि त्यहाँ लगातार १० खेल जितेर मन जितेको बताउँदै रोहित शर्माको कप्तानीमा भारतले २०२४ को टी–२० विश्वकप खेल्ने बताएका हुन् ।

मुम्बई इण्डियन्सले आईपीएलबाट कप्तानी हटाएपछि रोहितले विश्वकप खेल्नेमा शंका उत्पन्न भएको बेला उनले विश्वकपमा राष्ट्रिय टिमको कप्तानी गर्ने निश्चित भएको हो ।

मुम्बई इन्डियन्सले आईपीएलमा रोहितबाट कप्तानी खोसेर हार्दिक पाण्डेयालाई दिएको थियो । त्यसबेलादेखि रोहितको टी–२० खेल्ने र भारतीय टोलीको कप्तानीमा शंका उत्पन्न भएको थियो । हार्दिकले २०२२ देखि राष्ट्रिय टी–२० टिमको कप्तानी गर्दै आएका थिए ।

जनवरीमा अफगानिस्तान विरुद्धको घरेलु टी–२० सिरिजका लागि रोहितलाई पुनः टी–२० कप्तान बनाइएको थियो ।

चोटका कारण हार्दिक हाल ठीक हुने चरणमा छन् । गत वर्ष विश्वकपमा बंगलादेशविरुद्धको खेलमा उनी घाइते भएका थिए । उनी आईपीएलअघि फिट हुने अपेक्षा गरिएको छ, जहाँ उनले रोहितको स्थानमा मुम्बई इन्डियन्सको कप्तानको रूपमा नेतृत्व गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ