arrow

गाजामा नरसंहारको अन्त्य गर्न टर्किए र इजिप्ट सहकार्य बढाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । टर्किएले गाजामा शान्ति र प्यालेस्टिनी मुद्दामा दिगो समाधानका लागि इजिप्टसँग सहकार्य विकास गर्न चाहेको टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार बताएका छन् । 

"हामी इजिप्टसँग गाजामा भएको नरसंहारको अन्त्य गर्न र प्यालेस्टिनी मुद्दाको दिगो समाधान गर्न इजिप्टसँगको सहकार्य बढाउन चाहन्छौं," एर्दोगानले पत्रकार सम्मेलनमा भनेका छन् । 

गाजामा इजरेली युद्धको बीचमा एर्दोगानले बुधबार इजिप्टको भ्रमण गरी दुई देश बीच वर्षौंको तनावपछि द्विपक्षीय सम्बन्ध पुनर्स्थापित गर्न चाहेको देखिन्छ ।

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई सन् २०१३ जुलाईमा अपदस्थ गरिएपछि उनको टर्किए समर्थित मुस्लिम भ्रातृत्व समूहलाई गैरकानूनी ठहराएपछि टर्किए-इजिप्ट सम्बन्धमा तनाव उत्पन्न भएको थियो । 

परिस्थिति बिग्रिएपछि दुई देशले एकअर्काका राजदूतहरूलाई निष्कासन गरेका थिए ।

एर्दोगानले पत्रकारहरूलाई भनेका छन्- दुई राष्ट्रपतिहरूले सैन्य र रक्षा उद्योग लगायत द्विपक्षीय सम्बन्धमा हालै प्राप्त गरेको गतिको बारेमा छलफल गरेका छन्। 

उनीहरू बीच सकेसम्म चाँडो उच्च-स्तरीय रणनीतिक सहयोग परिषद् बैठक आयोजना गर्न सहमत भएको छ । "इजिप्टका राष्ट्रपति श्री सिसीको निमन्त्रणामा गरिएको हाम्रो भ्रमण अत्यन्तै इमान्दार, फलदायी र सफल रह्यो," उनले भने ।

एर्डोगानले आफ्ना इजिप्टका समकक्षी सिसीले अप्रिल वा मेमा टर्किए भ्रमण गर्ने अपेक्षा गरिएको बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ