arrow

इजिप्ट र ब्राजिलद्वारा गाजामा युद्धविरामको लागि आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg

काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल-फत्ताह अल-सिसीले बिहीवार कायरोमा भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग वार्ता गरेका छन् । उनीहरुले द्विपक्षीय सम्बन्धलाई स्तरोन्नति गर्ने र गाजा पट्टीमा जारी इजरेली युद्धबारे छलफल गरेका थिए । 

ब्राजिल र इजिप्टको कुटनीतिक सम्बन्धको सय वर्ष पूरा भएको भन्दै अबको बाटो झनै राम्रो हुने बताए । उनीहरुले गाजामा तत्काल युद्धबिराम हुनुपर्नेमा जोड दिएका छन् । इजिप्ट र गाजा बीचको रफाह सीमा नाका गत वर्ष अक्टोबरमा इजरेलले गाजामा ठूलो सैन्य आक्रमण शुरु गरेदेखि नै राहत सामग्री प्रदान गर्नको लागि प्रमुख लाइफलाइन भएको छ । 

लुलाले राफा क्रसिङ हुँदै घेरामा परेका गाजाबाट करिव २ हजार ब्राजिलियन नागरिकहरूलाई सुरक्षित निकासी र प्रस्थान गर्नमा इजिप्टको भुमिकाको प्रशंसा गर्नुभयो । दुई नेताले दशकौं लामो इजरेल-प्यालेस्टाइन द्वन्द्वको अन्त्य गर्न स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापनाका लागि आफ्नो समर्थन पनि व्यक्त गरे । 

लुलाले आफ्ना इजिप्टका समकक्षीसँगको वार्तामा दुई देशबीचको सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा स्तरोन्नति गर्ने र हाल वार्षिक करिव २ अर्ब अमेरिकी डलर बराबरको व्यापार आदानप्रदान बढाउने विषयमा छलफल भएको बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ