arrow

बढ्यो सुनचाँदीको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
nepal-rastra-bank.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार भने छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय १० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ