arrow

को बन्ला आयल निगमको कार्यकारी निर्देशक ? मन्त्रिपरिषद्ले नियुक्त गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकको टुंगो आगामी मन्त्रिपरिषद्को बैठकले लगाउने भएको छ । रिक्त कार्यकारी निर्देशकका लागि गठित पदपूर्ति समितिले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि अन्तिम तीन उम्मेदवारको टुंगो लगाएको हो ।  

तीनमध्ये एक जना कार्यकारी निर्देशक बन्नेछन् । गोरखाका चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनी अन्तिम तीनमा सिफारिसमा परेका छन् । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी शर्माको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका १३ उम्मेदवारको गत २ फागुनदेखि ५ गते शनिबार बिहानसम्म व्यावसायिक कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो।

समितिको सिफारिसअनुसार उद्योगमन्त्री रमेशप्रसाद रिजालले आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्नेछन् ।

वार्षिक करिब तीन खर्ब रुपैयाँको कारोबार गर्ने आयल निगम मुलुकको सबैभन्दा ठूलो कारोबार गर्ने कम्पनी हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ