arrow

प्रहरी संगठनकै बदनाम गराउने प्रयत्न भइरहेको छ : अर्याल

विक्रम थापा र सर्वेन्द्र खनाल उत्कृष्ठ प्रहरी अधिकारी

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
kharel-has-maintained-chain-of-command-igp-aryal.jpeg

काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफूलाई जोडेर प्रहरी संगठनकै बदनाम गराउने प्रयत्न भइरहेको बताएका छन् । ११औं महानगरीय प्रहरी दिवसका अवसरमा वुधबार भएको कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले आफ्नो नाम जोडेर प्रचारवाजी भइरहेको सुनाए ।

प्रहरी प्रमुख अर्यालले प्रहरी संगठनहरुलाई हल्लाको पछि नलाग्न समेत सुझाएका छन् । उनले भने, ‘सामाजिक सञ्जालले ल्याएका विकृति हटाउन अब बहस गर्ने बेला आएको छ ।’ केही दिन अघि संचारमाध्यममै अर्यालको सम्बन्ध निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग कनेक्सन रहेको भन्दै समाचार आएपछि सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ ।
 
कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले संगठनभित्र उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कृत गरे । महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल उत्कृष्ट अपराध अनुसन्धान पुरस्कारबाट सम्मानित भए । यसैगरी, काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापा समेत उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ