arrow

रौतहटमा कर्फ्युको दायरा बढाइयो

logo
सञ्जय मिश्रा,
प्रकाशित २०८० फागुन ६ आइतबार
curfew-rautahat-cdo-2080.jpeg

रौतहट। रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिमै उच्च श्रृंखल गतिविधि हुँदा स्थानीय प्रशासनले कर्फ्यु दायरा बढाएको छ। ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ।

सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि  शनिवार  घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाइते भएका थिए।

झडपमा मुस्लिम तर्फ पनि घाइते भएको तर घाइतेको सङ्ख्या यकिन हुन नसकेको प्रहरीले बताएको थियो। घटना नियन्त्रण गर्न मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआइजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए।

स्थिति नियन्त्रण मा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिवार साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका थिए। कर्फ्यु अवधिमै उच्च शृङ्खला गतिविधि भएपछि स्थानीय प्रशासनले कर्फ्यु क्षेत्र फराकिलो बनाएको छ।

कर्फ्यु जारी सँगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ति परिचालन गरिएको छ। अवस्था सामान्य पनि भएको थियो।

यसैबीच कर्फ्युकै अवधिमा आज आइतबार आज केही उच्च श्रृंखल युवाहरूको समूहले ईशनाथ नगरपालिका  औरैया गाउँमा रहेको मस्जिद को माथि गुम्बद बाट माईक (हरन ) खोलेको छ। यसरी मस्जिदको माथि रहेको माईक खोल्दा पुनः अवस्था तनावग्रस्त हुनसक्ने भएकाले प्रहरीले सजगता अपनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गर्दै संलग्नको खोजी भइरहेको बताएकी छन्।
कर्फ्यु अवधिमै थप साम्प्रदायिक विवाद बढ्ने सम्भावना लाई नजर गर्दै सिडिओ रेग्मीले आइतबार एक सूचना जारी गर्दै कर्फ्युको दायरा फराकिलो बनाएको छ।

बनजरहा नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चित कालीन कर्फ्यु जारी गरिएको छ। पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैया देखि जयनगर सम्म चार किल्ला भित्र कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। साथै यस साम्प्रदायिक विवाद लाई फैलाउने बढाउने कुनै प्रकारको तस्बिर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ।

पछिल्लो दुई तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटना सँग जोडिएको विभिन्न भ्रामक भिडियो तस्बिर तथा स्ट्याटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सद्भाव कायम राख्न त्यस्तो गतिविधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लावासी लाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ