arrow

एक्साइडको स्टार र म्याजिक इन्भर्टर बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
exide06-(4).JPG

काठमाडौँ । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. एक्साइडको इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरेको छ । 

एक्साइड स्टार र एक्साइड म्याजिक नामका दुइ वटा इन्भर्टर एक कार्यक्रमबीच एकैसाथ सार्वजनिक गरिएको हो । एक्साइड स्टारमा एड्भान्स माइक्रोकन्ट्रोलर, लो भोल्टेज अपरेशनका लागि उपयुक्त प्योर साइन वेभ सेप, दुई वटा अप्सनमा चार्ज गर्न सकिने, एलईडी डिस्प्ले इन्टरफेस र अटो स्मार्ट प्रोटेक्सन लगायतका रहेका छन् । 

यसैगरी एक्साइड म्याजिकमा डिजिटल सिग्नल प्रोसेसर, अटो सेन्स इन्टेलिजेन्ट कन्ट्रोल, एक्स्ट्रिमली लो हार्मोनिज, कलरफुल एलईडी इन्टरफेस, दुई वटा अप्सनमा चार्ज गर्न सकिने, अटो स्मार्ट प्रोटेक्सन र नोइजलेस अपरेशन लगायतका विशेषताहरु रहेका छन् । 

यस एक्साइड इन्भर्टर सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरु र एक्साइडका नेपालभर रहेका डिलरहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “विगत लामो समयदेखि पावर व्याकअप सेवा दिँदै आइरहेकोमा नयाँ इन्भर्टरहरुले आगामी दिनमा नयाँ उचाइ र आयाम छुने कुरामा विश्वस्त हुन सम्पूर्ण डिलरहरुलाई आग्रह गर्नु चाहन्छु ।” 

एक्साइड इन्डियाका कार्यकारी उपाध्यक्ष मुकुल कन्डवालले भने, “यस एक्साइड स्टार र एक्साइड म्याजिक नेपालमा ल्याउन पाउँदा एकदमै खुशी लागेको छ । यस इन्भर्टरले नेपाली बजारमा पावर व्याकअपको रेञ्ज पूरा भएको छ । जसले ग्राहकको अनुकूलता अनुरुप व्याकअपको परिपूर्ति गर्न मद्दत गर्दछ ।”

मूख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्ने एक्साइडले व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको जनाएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ