arrow

यसरी भयो 'दंगल'की बबिता फोगटको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
babita-dangal.jpg

काठमाडौँ । बलिउड अभिनेता आमिर खानको ब्लकबस्टर फिल्म दंगलमा बाल कलाकारको भूमिकामा देखिएकी सुहानी भटनागरको निधन भएको छ ।

दंगलमा सुहानीले आमिरकी कान्छी छोरी बबिता फोगटको भूमिका निर्वाह गरेकी थिइन् ।

सुहानीको १९ वर्षको उमेरमा निधन भएको हो । सुहानीलाई डर्मेटोमायोसाइटिस नामक दुर्लभ रोग थियो।

दुर्लभ रोग लागेकी उनको उपचारकै क्रममा मृत्यु भएको थियो । 

यो दुर्लभ रोगको उपचार स्टेरोइडबाट मात्र सम्भव थियो। तर स्टेरोइड दिएपछि सुहानीको प्रतिरक्षा प्रणाली कमजोर हुन थाल्यो । 

शरीरमा सङ्क्रमण बढ्यो र फोक्सोमा पानी भरिन थाल्यो । उनको फोक्सो यति बिग्रिएको थियो कि भेन्टिलेटरमा पनि अक्सिजनको स्तर घट्दै गयो, जुन अन्ततः उनको मृत्युको कारण बन्यो।

यसअघि सुहानीको खुट्टामा भाँचिएको थियो । जसको उपचारका लागि उनलाई लगातार उच्च एन्टिबायोटिक दिइँदै आएको थियो । 

विज्ञहरूका अनुसार उनको अटो इम्युन सिस्टम यहीँबाट बिग्रन थाल्यो । जसका कारण उनलाई डर्मेटोमायोसाइटिस नामक रोगले मृत्युको मुखमा पुर्‍यायो ।

यसअघि पनि भारतीय कलकारहरूको उपचारका क्रममा अकालमा संसारलाई छोडेका छन् । 

साउथकी चर्चित अभिनेत्री आरतीले पनि लाइपोसक्सनका कारण सानै उमेरमा ज्यान गुमाएकी थिइन् । 

कन्नड अभिनेत्रीसँग पनि यस्तै भएको छ । फिटनेसका लागि चर्चित सिद्धार्थ शुक्लाको पनि अचानक हृदयाघातका कारण निधन भएको थियो ।

क्यान्सरको उपचार गराइ रहेका इरफान खानको पनि औषधिकै असरबाट निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ