arrow

अमेरिकासँग सैन्य सहयोग रोकिएपछि जापानसँग हात बढाउँदै युक्रेन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
japan-flag-std.jpg

काठमाडौँ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिगलले सोमबार जापान सरकार र निजी क्षेत्रसँग मुलुकको पुनर्निर्माणका लागि सहयोग बढाउन आग्रह गरेका छन् । 

साथै उनले रुससँगको करिब दुई वर्ष पुरानो युद्ध समाप्त भएपछि ‘आर्थिक चमत्कार’ हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

“पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि जापानले युक्रेनलाई १० अर्ब डलरभन्दा धेरै विभिन्न सहयोग प्रदान गरेको छ, यसबाट जापान युक्रेनलाई वित्तीय सहयोग गर्ने चौथौ सबैभन्दा ठूलो मुलुक बनेको छ”, जापान र युक्रेनका करिब तीन सय सरकारी तथा व्यापारिक नेताहरूको एक सम्मेलनमा उनले भने, “रुसका कारण भएको भीषण युद्धका क्रममा उक्त कोषका लागि धन्यवाद, लाखौँ युक्रेनी बाँच्न सक्षम भएका छन् ।”

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि भिडियो लिङ्कमार्फत टोक्योमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम थियो तर यसलाई पछि रद्द गरियो । आयोजकले यसबारे विस्तारमा केही बताएका छैनन् । 

“युक्रेनमा पुनर्निर्माण प्रयासका लागि निजी क्षेत्र प्रमुख इन्जि हो, हामी युक्रेनको आधुनिकीकरण र पुनर्निर्माणमा जापानसँग मिलेर काम गर्न चाहन्छौँ, तपाईंहरू सबै युक्रेनका लागि आर्थिक चमत्कारको हिस्सा बन्नुहोस् भन्ने हामी चाहन्छौँ”, प्रधानमन्त्री स्मिगलले भने, “जति कम्पनीले अहिले युक्रेनी अर्थतन्त्रमा लगानी गर्छन् अहिले तपाईंहरूले विश्वास गर्न नसक्ने गरी उनीहरू आगामी केही वर्षमा लाभ र अवसर प्राप्त गर्न सक्षम हुनेछन, युक्रेनको सफलता हाम्रो मात्र सफलता होइन, यो तपाईंहरूको पनि सफलता हो ।”

जापानले गत वर्ष तयारी मालसामानको निर्यात नियन्त्रणलाई खुकुलो बनाएको छ । यसबाट उसलाई अमेरिकाजस्ता युक्रेनको हतियारको प्रमुख आपूर्तिकर्ताहरूबीच रक्षा उपकरणहरूमा अन्तरलाई भर्न सहयोग प्राप्त भएको छ । 

टोक्योले युक्रेनलाई विमान पत्ता लगाउने प्रणाली र मोबाइल विद्युत् जेनेरेट जस्ता ‘गैर–घातक सहयोग’ पनि प्रदान गरेको छ । 

गत साता विश्व बैंक, युरोपेली सङ्घ (इयु) र संयुक्त राष्ट्रसङ्घले एउटा संयुक्त प्रतिवेदनमा आगामी दशकमा युक्रेनको पुनर्निर्माणको लागत चार खर्ब ८६ अर्ब डलर हुने अनुमान गरेका थिए । यसमा सन् २०२४ मा मात्रै १५ अर्ब डलर पनि समावेश छ । 

रुसी सेनाले पूर्वी युक्रेनी किल्ला अभ्दाइभ्कालाई पुनः कब्जा गरेपछि र अमेरिकामा ६० अर्ब डलरको सैन्य सहयोग कांग्रेसमा रोकिएपछि उक्त सम्मेलन भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ