- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल ए ले क्यानडा ११ लाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा सम्पन्न श्रृंखलाको दोस्रो खेलमा नेपाल ए ले क्यानडा ११ लाई २ विकेटले पराजित गरेको हो ।
क्यानडा ११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए ।
बशीरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडा ११ ले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो ।
क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाएका थिए । त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए ।
त्यसैगरी नेपाल ए का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २–२ विकेट लिएका थिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए ।
यो नेपाल ए टिमको पहिलो जित हो । यो जितपछि नेपाल ए ले क्यानडा ११ बीचको श्रृंखलामा १–१ को बराबरी गरेको छ । अब श्रृंखलाको अन्तिम खेल तथा निर्णायक खेल बिहीबार हुने छ ।