arrow

बढ्यो सुनचाँदीको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
nepal-rastra-bank.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सुनचाँदीको भाउ बढेको छ । बुधबार तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो। बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ