arrow

सामाजिक न्यायप्रति निजी क्षेत्र प्रतिबद्ध बनाऊ: चन्द्र ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
chandra-dhakal-chitwan-agm-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटा क्षेत्रको सुधारले मात्र सामाजिक न्याय सुनिश्चित गर्न नसकिने बताएका छन् । उनले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक सबै क्षेत्रमा समान अवसर र पहुँचले मात्र सामाजिक न्यायको अनुभूति हुने भएकाले आफूहरुको साझा प्रयास र प्रतिबद्धता निकै महत्वपूर्ण रहेको बताए ।

ढकालले सामाजिक न्यायप्रति बढ्दो चासो र आवश्यकताका सम्बन्धमा निजी क्षेत्र पनि सजग र जिम्मेवार हुँदै गएको जनाए । विश्व सामाजिक न्याय दिवस २०२४ को अवसरमा आयोजित कार्यक्रममा रोजगारदाताको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले प्रतिनिधित्व गरेका थिए ।

सो कार्यक्रममा ढकालले नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरेका थिए । उनले अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक रहेको एवं वर्गीय, जातिय विविधता रहेको हाम्रो मुलुकको लागि सामाजिक न्यायको प्रवद्र्धन र सुनिश्चितता चूनौतीपूर्ण रहेको जानकारी दिए ।

सामाजिक न्यायको अवधारणाले व्यापकता पाइरहेको सन्दर्भमा नेपालमा पछिल्ला वर्षहरुमा सामाजिक न्यायको लागि थुप्रै कामहरु भएका विषयमा जानकारी दिए ।

आफ्नो मन्तव्य राख्ने क्रममा उनले सामाजिक न्याय प्रवद्र्धनका लागि शुरु भएको विभिन्न प्रयास र कार्यक्रममा निजी क्षेत्र सहभागी रहेको र सामाजिक न्यायको प्रवद्र्धनमा सहकार्य गर्न प्रतिबद्द रहेको बताए । 

ढकालले सामाजिक न्यायको लागि नीतिगत सुधार, कानून निर्माण र संस्थागत व्यवस्थामा निकै प्रगति भएको जानकारी दिए । उनले कार्यान्वयन पक्षमा देखिएका कमीकमजोरी हटाउन सकिएमा सामाजिक न्यायको अवस्थामा गुणात्मक सुधार हुने अपेक्षा गरेको पनि जनाए ।
 
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान गरिरहेको निजी क्षेत्र सामाजिक न्यायको प्रर्वद्धन गर्ने कार्यलाई पनि जिम्मेवारी पूर्वक निर्वाह गर्दै आएको ढकालले जानकारी दिए । 

उनले रोजगारदाता र श्रमिकबीच सहकार्य र समझदारी विना श्रम सम्बन्ध दिगो हुन नसक्ने भन्दै दिगो श्रम सम्बन्ध नभइ सामाजिक न्यायका प्रयास अवरुद्ध हुने हुँदा सहकार्य र संवादलाई संस्थागत र बलियो बनाउन संयुक्त रुपमा काम गर्ने उदेश्यले हालै एफएनसीसीआई र जेटीयूसीसीबीच समझदारी पत्रमा हस्ताक्षर भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ