arrow

सुनचाँदीको मूल्य घट्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
nepal-rastra-bank.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदी दुवैको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । 

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । 

यसअघि बुधबार छापावाल सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको थियो । 

यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा झरेको छ । बुधबार चाँदीको भाउ तोलाको १४ सय १५ रुपैयाँ रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ