arrow

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
usa-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले राससलाई जानकारी दिए ।

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उनले भने, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछौँ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ