arrow

कारबाहीमा परेकाको नाम सार्वजनिक गर्दै माओवादी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
maoist-cpn.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । 

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शुरु हुनेछ । 

बैठकमा माओवादी रूपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नखटिएकाहरूलाई कारबाहीका साथै सम्मानित र कारबाहीमा परेका तीन-तीन जनाको नाम सार्वजनिक गरिने बताइएको छ । 

साथै स्थायी कमिटी सदस्यहरूले उठाएको प्रश्नको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ