arrow

कमलाको गीतमा सन्तोषको निर्देशनमा भिडियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
yo-mutuma-timi.jpg

काठमाडौँ। ‘यो मुटुमा तिमी भए’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिकभएको छ । सन्तोष खनालको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष बानियाँ, मनिला राना र क्यारोली श्रेष्ठको अभिनय रहेको छ । 

अखिल बास्तोलाको छायांकन र ओमप्रकाश अवस्थीको सम्पादनमा भिडियो तयार भएको हो । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

कालीप्रसाद रिजालको शब्दमा राजु सिंहको संगीत,फणिन्द्र राईको सङ्गीत संयोजन रहेको गीत कमला श्रेष्ठले गाएकी हुन् । हाइ भोल्टेज करेन्ट लागेर १२ वर्षको उमेरमा दुवै हात र एक खुट्टा गुमाएकी कमलाले यसअघि खनालकै निर्देशनमा ‘मोहनी लाएको’ गीत सार्वजनिक गरेकी थिइन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ