arrow

'जवान’ का निर्देशक नै शाहरुखका फ्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
saharukh.jpeg

काठमाडौँ । निर्देशक एटली कुमारले आफूलाई बलिउड अभिनेता शाहरुख खानको फ्यान रहेको बताएका छन् । 

एटली कुमारले धेरै पटक आफू शाहरुखसँग फिल्म बनाउन चाहेको कुराको खुलासा गरेका हुन् । 

एबीपी कन्क्लेभमा उनले शाहरुखको सबै फिल्म मन पर्ने बताउँदै दिलवाले दुल्हनिया ले जायेंगे, कुछ कुछ होता है, ओम शान्ति ओम, चेन्नई एक्सप्रेस जस्त फिल्म रहेको बताए।

 उनले शाहरुखसँग काम गर्ने सपना रहेको र सौभाग्यवश आफ्नो पाँचौँ फिल्ममा काम गर्ने मौका पाएको सुनाए ।

उनले फेरि पनि शाहरुखसँग काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

शाहरुख खानले सन् २०२३ मा तीन वटा ब्लकबस्टर फिल्म दिएका छन् जसमध्ये एउटा फिल्म ‘जवान’ थियो । 'जवान’को निर्देशक एटली कुमारले गरेका हुन् । 

 फिल्म ‘जवान’ ले बक्स अफिसमा धेरै कीर्तिमान बनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ