arrow

माओवादी केन्द्रमा नेताहरूको कार्यविभाजनका विषयमा आन्तरिक छलफल शुरु [भिडियो]

स्थायी कमिटी बैठकमा त्यसबारे विस्तृत छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
maoist-cpn.jpg

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) पार्टी नेताहरूको कार्य विभाजनका लागि आन्तरिक छलफलका जुटेको छ । आइतबार अपराह्न पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बदलिँदो परिस्थितिअनुसार पार्टीका प्रदेश इन्चार्ज र विभागहरूको कार्य विभाजन गर्ने विषयमा छलफल प्रारम्भिक गरिएको हो । 

विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा छलफल गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको कार्य विभाजन र पार्टीको चैत्र १ गतेबाट शुरु हुने तराई–मधेस जागरण अभियान, पूर्वपश्चिम, उत्तर दक्षिणका अभियान, प्रदेशमा आफ्नो सापेक्षतामा अभियानहरू सञ्चालनका लागि मार्ग चित्र बनाउन पनि नेताहरूलाई निर्देशन दिएका थिए । 

नेताहरूको कार्य विभाजन र पार्टीको आगामी योजना तथा कार्यक्रमको बारेमा गृहकार्य गर्न पनि पार्टीले अध्यक्ष दाहालेले आफूहरूलाई दुई दिन समय दिएको र मंगलबार बिहान साढे ८ बजे बस्ने पार्टी स्थायी कमिटी बैठकमा त्यसबारे विस्तृत छलफल हुने पनि प्रवक्ता सापकोटाले बताए ।

उनले भने, ‘यो स्थायी कमिटी बैठकको सबैभन्दा मुख्य एजेन्डा चाहिँ नयाँ परिस्थिति अनुसार, नयाँ कार्यभार अनुसार, नयाँ कार्य विभाजन । खास गरी प्रदेश इन्चार्जहरू जिम्मेवारी र अन्य विभाग सबैको जिम्मेवारीहरू निश्चित गर्ने कुरा छ । र, त्यसको लागि अहिले व्यापक रूपमा गृहकार्य पनि भएको छ । अझ भनौँ–पार्ट पार्टमा बैठकहरू भइरहेका छन् । स्थायी कमिटीका कमरेडहरूको बीचमा पनि छलफल भइरहेको छ । पदाधिकारीहरूको बीचमा पनि छलफल भइरहेको छ । अध्यक्षले पनि व्यापक अन्तरक्रियाहरू गरिराख्नुभएको छ । अब पहिलो कुरा कार्य विभाजन छ । त्यो अलि वैज्ञानिक, बस्तुवादी र अलि प्रभावकारी होस भन्ने छ । दोस्रो कुरा चाहिँ अभियान जुन हामीले चैत्र १ बाट शुरु गर्दैछौं । त्यसलाई अझ प्रभावकारी बनाउनका लागि हामी जनतामा जाने धेरै कुराहरू भएका थिएन । अब चाहिन् वृहत् जनपरिचालन । सभाहरू, कोणसभाहरू गरेर जनतामा नै जाने भनेर हामीले तराई मधेस जागरण अभियान अनि त्यसपछि पूर्वपश्चिम, उत्तर दक्षिणका अभियानहरू, प्रदेशमा आफ्नो सापेक्षतामा अभियानहरू भनेका छौं । त्यसको बारेमा पनि वृहत् मार्गचित्र बन्दै छ । पूरै योजना बन्दै छ । र, मुख्यतः कार्यविभाजका लागि त हाम्रो पार्ट पार्टमा छलफल भइरहेको छ । अध्यक्षले वान टू वान पनि छलफल गरिरहनुभएको छ । त्यसका साथसाथै हाम्रो पदाधिकारीहरूको बीचमा पनि र अहिले भर्खरै स्थायी कमिटीको संक्षिप्त बैठक बसेको थियो । त्यो बैठकमा पनि हामीलाई उनले गृहकार्य दिनुभएको छ । कार्य विभाजनको सवालमा, आगामी योजना तथा कार्यक्रम निर्माणको सवालमा पनि । उनले पर्सी साढे ८ बजेसम्मका लागि गृहकार्य गर्नका लागि भनिएको छ । फेरि अर्कोतिर के छ भने सरकारका कामहरू पनि अलि घनिभूत भइरहेका छन् । सदन पनि चलिरहेको छ । अरू कामहरूको पनि बढी नै चाप भएको हुनाले यता पनि स्थायी कमिटीले काम गरिरहने, उता सरकारको काम पनि भ्याउनुपर्ने । यी सबैका बीचबाट हामीले पार्ट पार्टमा बैठक गर्ने गरी आज र भोली व्यापक गृहकार्य गरेर पसी साढे ८ बजे बस्ने गरी अहिलेको बैठक स्थगित भएको छ ।’

प्रवक्ता सापकोटाले बालकुमारी घटनाका छानबिन समितिको प्रतिवेदनबारे भने आजको बैठकमा छलफल नभएको पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ