arrow

टी–२० श्रृंखलाका लागि नेपाली टिमको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
nepal-cricket-2024a.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नामिबिया र नेदरल्याण्ड्ससँग मंगलबारदेखि हुने त्रिकोणात्मक टी–२० श्रृंखलाका लागि टिमको घोषणा गरेको छ ।

क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो । हालै एक दिवसीय टिममा कमब्याक गरेका अनिल साहले टी–२० टिममा पनि कमब्याक गरेका छन् । त्यस्तै नेपाल ए टिमका कप्तान विनोद भण्डारी, नेपाल ए टिममा रहेका रशिद खान, सन्दीप जोरालाई टिममा समावेश गरिएको छ ।

नेपाली टीम– रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रशिद खान, सगर ढकाल, आरिफ शेख र अविनाश बोहोरा रहेका छन् ।

टी–२० श्रृंखलाको पहिलो खेलमा आगामी मंगलबार नेपालले नामिबियाको सामना गर्दैछ । एक दिवसीयमा भने दुवै खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ