arrow

रोनाल्डोको पेनाल्टीमा अल नासर विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
al-nasar-saudi-pro-league-2.jpg

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल शबाबलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा खेलको ८६ औँ मिनेटमा टालिस्काले निर्णायक गोल गरेका थिए । यस खेलमा उनले यसअघि ४६औँ मिनेटमा पनि गोल गरेका थिए । 

त्यस्तै क्रिस्टियानो रोनाल्डोले यस खेलको २१औं मिनेटमा अल नासरले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

त्यसैगरी अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक एक गोल गरेका थिए ।

यस खेलको अतिरिक्त समयको १०२ मिनेटमा अल शबाबका अब्दुल्लाह राडीफले रातो कार्ड पाएका थिए ।

यो जितपछि अल नासरले महत्वपूर्ण ३ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको अल हिलालसँगको दूरी कम गरेको छ ।

अल नासरको २१ खेलमा ५२ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ । त्यसैगरी एक खेल कम खेलेको अल हिलालको भने २० खेलमा ५६ अंक रहेको छ । 

त्यसैगरी अल शबाबको २१ खेलमा २४ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ