arrow

राजेन्द्र महतोले छोडे महन्थ ठाकुरको साथ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
rajendra-mahato-11-14.jpg

काठमाडौँ । नेता राजेन्द्र महतोले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गरेका छन् ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता महतोले ठाकुरको साथ छोडेको घोषणा गरेका हुन् । 

उनले पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै एउटा पार्टी, र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, काँग्रेस, एमाले सबै पार्टीहरूमा समेत बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानको मान्यता राख्नेहरू एकजुट हुनुपर्ने बताए । 

उनले आफ्नो क्रान्तिका लागि सबैले साथ दिन आह्वान गरेको बताए । उनले राष्ट्रिय क्रान्ति मुक्तिका लागि अभियान, सङ्घर्ष र विद्रोहका क्रममा सशक्त आन्दोलन आवश्यक रहेको बताए । उनले अभियान, सङ्घर्ष र विद्रोहले राजनीतिक शक्ति पैदा गर्ने बताए । 

केही समयदेखि लोसपा नेतृत्वसँग महतो असन्तुष्ट रहँदै आएका थिए । आफूले लोसपा परित्याग गरे पनि उक्त क्रान्तिमार्फत सक्रिय रहने उनको भनाइ थियो ।   नेता महतोले आफूले आज घोषणा गरेको अभियान, सङ्घर्ष र विद्रोहका रुपमा अगाडि बढ्ने पनि बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ