arrow

सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगको म्याद थप

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
14kg-gold-2080-08-22-(4).jpg

काठमाडौँ।  सरकारले  सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगलाई समय थप गरिदिएको छ । 

सरकारले  आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुने गरी फागुन मसान्तसम्म थप गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । 

यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न आयोगले सरकारसमक्ष अनुरोध गरेको थियो । 

सरकारले गत असोज १५ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो । 

आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । तीन महिनामा अध्ययन नसकिएपछि आयोगलाई दुई महिनाको समय थप गरिएको थियो । 

 निर्णयपछि  प्रवक्ता रेखा शर्माले भनिन् ,'सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुने गरी फागुन मसान्तसम्म थप गरेको छ ।'

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सङ्कलन भएका केही थप प्रमाण र तथ्य प्राप्त हुन आएकाले सोको अध्ययन विश्लेषण गर्न र केही निकायबाट विवरण तथा जवाफ प्राप्त भइनसकेकाले प्रतिवेदन लेखनमा ढिलाइ भएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ