arrow

बालकुमारी घटनामा ऊर्जा र कानूनमन्त्रीसहितको समिति गठन, सुझाव सिफारिस गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
PMO.JPG

काठमाडौँ । सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्ने गरी ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । उनले छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० भित्र सुझाव सिफारिस गर्ने गरी ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको बताइन् । 

उनका अनुसार सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जय शङ्कर साहको परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

 त्यस्तै सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुने गरी फागुन मसान्तसम्म थप गरेको छ ।

उनले भनिन्, ‘प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जय शङ्कर साहको परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख उपलब्ध गराउने । सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुने गरी फागुन मसान्तसम्म थप गर्ने । बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी २०८० फागुन २० गतेभित्र सिफारिस गर्ने गरी ऊर्जा र कानूनमन्त्रीज्युहरु रहनुभएको समिति गठन गर्ने । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई प्रदान गर्ने इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त पालिकाहरूलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने ।’

उनले सरकारले भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई प्रदान गर्ने इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने र जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त पालिकाहरूलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ