arrow

जनप्रतिनिधिले नै खाइन् निधन भएका ससुराको सामाजिक सुरक्षा भत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
parkashi-gurung-lamjung.jpg

लमजुङ । लमजुङमा एक जनप्रतिनिधिले नै निधन भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता खाएको भेटिएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नं ३ की वडा सदस्य (कार्यपालिका सदस्य) पारकाशी गुरुङले आफ्नै मरिसकेका ससुराको सामाजिक सुरक्षा भत्ता कागजपत्र मिलाएर खाएको पाइएको हो । 

उनका ससुरा रामबहादुर गुरुङको २०७६ साल मंसिर ९ गते मृत्यु भएको हो । उनको मृत्यु पश्चात सोही मितिमा उनका भाइखलकले माइन्यूटसमेत समेत गरेका छन् । 

उनको वडा कार्यालयमा मृत्यु दर्ता भने २०७७ साल असार १६ गतेमात्र गरिएको देखिन्छ । यो बीचको सामाजिक सुरक्षा भत्ता कागजपत्र मिलाएर वडा सदस्य गुरुङले आफनै श्रीमान् अर्थात् रामबहादुरका छोरा नैनबहादुर गुरुङको नाममा बैँकमा रकम जम्मा गरेको देखिन्छ । 

विगतको सिभिल बैंक (हाल हिमालयन बैंक) भुलभुले शाखालाई मर्स्याङ्दी गाउँपालिकाले नै नक्कली मिति देखाएर पत्र लेख्दै उनका छोरा नैनबहादुरको नाममा खातामा सामाजिक सुरक्षा भत्ता रकम उपलब्ध गराइदिन निवेदनसमेत पठाएको पत्र फेला परेको छ । 

वडा नम्बर ३ को लगत कट्टाको अभिलेख हेर्दा मृत्यु भइसकेका लाभग्राहीको नाममा मृत्युपछि पनि निजको परिवारका सदस्यले सामाजिक सुरक्षा भत्ता नियमितरूपमा बुझ्दै आएको सूचना पाएपछि उक्त घटना बाहिरिएको हो ।

मरेको मितिभन्दा पछि कसैलाई पनि सामाजिक सुरक्षा भत्ता दिन मिल्दैन । तर जनप्रतिनिधिले नै यसरी सिधै नक्कली मृत्यु दर्ता र पालिकाको पत्र बनाएर सो रकम आफ्नै श्रीमानको नाममा बुझेर खाएकी हुन् । 

 

पारकाशी नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन् । वडा नं ३ का वडा सचिव अनिलकुमार गुरुङले आफू नयाँ भएकाले योबारे थाहा नभएको बताए । 

सामाजिक सुरक्षा भरपाई र स्रेस्ता आव २०७५–०७६ को दोस्रो चौमासिकदेखि बैंकिङ प्रणालीमा गएको उनले बताए । 

वडा अध्यक्ष दुधमान तामाङले यो कार्य अघिल्ला जनप्रतिनिधिको पालामा भएको र सो बेला पनि पारकाशी गुरुङ जनप्रतिनिधि नै रहेकाले यस विषयमा आफू अनभिज्ञ रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ