arrow

भजन शिरोमणि आचार्यलाई अन्तिम श्रद्धाञ्जली [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
bhaktaraj-acharya-died-80-1.jpg

काठमाडौँ । भजन शिरोमणि भक्तराज आचार्यको प्रार्थिव शरीरमा मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जली दिइएको छ । 

वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यको सोमबार निधन भएको थियो । उनको सोमबार अपरान्ह ८२ वर्षको उमेरमा निधन भएको हो । उनलाई श्रद्धाञ्जली दिन विभिन्न सांगीतिक क्षेत्रका दिग्गज कलाकारहरु पुगेका थिए । 

समाजका लब्धप्रतिष्ठित व्यक्तिहरु, राजनीतिकर्मीहरु लगायतसमेत पुगेका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । 

वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो । अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो । उनी लामो समयदेखि बिमार थिए ।

आचार्यले मुटु जलिरहेछ..., जति चोट दिन्छौँ..., जहाँ छन् बुद्धका आँखा..., हजार सपनाहरूको..., माया मेरी साँझ बिहान..., हजार आँखा हेर्ने...जस्ता कालजयी करिब चार सय गीतमा आवाज दिएका थिए । 

bhaktaraj-acharya-died-80-11-14 (1).jpg
bhaktaraj-acharya-died-80-11-14 (2).jpg
bhaktaraj-acharya-died-80-11-14 (3).jpg
bhaktaraj-acharya-died-80-11-14 (4).jpg
bhaktaraj-acharya-died-80-11-14 (5).jpg
bhaktaraj-acharya-died-80-11-14 (6).jpg
bhaktaraj-acharya-died-80-11-14 (7).jpg
bhaktaraj-acharya-died-80-11-14 (8).jpg
bhaktaraj-acharya-died-80-11-14 (9).jpg
bhaktaraj-acharya-died-80-11-14 (10).jpg
bhaktaraj-acharya-died-80-11-14 (11).jpg
bhaktaraj-acharya-died-80-11-14 (12).jpg
bhaktaraj-acharya-died-80-11-14 (13).jpg
_AB_7052.jpg
_AB_7060.jpg
_AB_7063.jpg
_AB_7067.jpg
_AB_7256.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ