arrow

टी–२० त्रिकोणात्मक श्रृंखला

नामिबियाविरुद्ध नेपालको निरीह बलिङ, इटनले तोडे कुशलको कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
nepal-namibia-t20-02-27.jpg

काठमाडौँ । टी –२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कमजोर बलिङ गरेको छ । कीर्तिपुरस्थित त्रिविविको मैदानमा भएको खेलमा टस हारेर पहिले बलिङ गर्दै नेपालले कमजोर खेलेको हो । 

खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २०६ रन बनायो । नामिबियाले पहिलो १० ओभरमा ६० रनमात्र जोडेकामा दोस्रो १० ओभरमा १४६ रन बनायो । 

नामिबियाका लागि जान निकोल लोफ्टि इटनले कीर्तिमानी शतक बनाए । उनले मात्र ३३ बलमा शतक पूरा गरेर नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको ३४ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।

उनले ३६ बलमा १०१ रन बनाए । चौथो विकेटका लागि १३५ रनको साझेदारी गर्ने क्रममा मलान क्रुगरले ४८ बलमा अविजित रहँदै ५९ रन बनाए । 

रोहित पौडेलले सर्वाधिक २ विकेट लिए । 

नेपाल र नामिबियासँगै नेदरल्याण्ड्स पनि श्रृंखलामा रहेको छ । आईसीसी विश्वकप लिग–२ को एक दिवसीय श्रृंखलापछि टी–२० श्रृंखला शुरु भएको हो ।

लिग–२ मा नामिबियाले ३ खेल, नेदरल्याण्ड्सले २ खेल तथा नेपालले १ खेलमात्र जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ