arrow

टी–२० श्रृंखलामा नेपालको खराव शुरुआत, नामिबियासँग २० रनले पराजित

नामिबियाले बनायो २०६ रन, इटनले बनाए ३३ बलमा शतक, नेपाल १८६ रनमा रोकियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
rohit-kushal-02-27.jpg

काठमाडौँ । काठमाडौँमा शुरु भएको टी –२० त्रिकोणात्मक क्रिकेट श्रृंखलामा नेपालले खराव शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिविविको मैदानमा मंगलबार भएको खेलमा नेपाल २० रनले पराजित भयो । 

नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ४८ रन बनाए । 

कप्तान रोहित पौडेलले २४ बलमा ४२, कुशल मल्लले २१ बलमा ३२ तथा सोमपाल कामीले ११ बलमा २६ रन बनाए । रुबेन ट्रम्पेलमानले सर्वाधिक ४ विकेट लिए । 

यसअघि खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २०६ रन बनायो । 

नामिबियाले पहिलो १० ओभरमा ६० रनमात्र जोडेकामा दोस्रो १० ओभरमा १४६ रन बनायो । 

नामिबियाका लागि जान निकोल लोफ्टि इटनले कीर्तिमानी शतक बनाए । उनले मात्र ३३ बलमा शतक पूरा गरेर नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको ३४ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् । ले ३६ बलमा १०१ रन बनाए । चौथो विकेटका लागि १३५ रनको साझेदारी गर्ने क्रममा मलान क्रुगरले ४८ बलमा अविजित रहँदै ५९ रन बनाए । 

रोहित पौडेलले सर्वाधिक २ विकेट लिए । त्यस्तै करण केसी र अविनाश बोहराले १–१ विकेट लिए । 

नेपाल र नामिबियासँगै नेदरल्याण्ड्स पनि श्रृंखलामा रहेको छ । आईसीसी विश्वकप लिग–२ को एक दिवसीय श्रृंखलापछि टी–२० श्रृंखला शुरु भएको हो ।

लिग–२ मा नामिबियाले ३ खेल, नेदरल्याण्ड्सले २ खेल तथा नेपालले १ खेलमात्र जितेको थियो । 

टी–२० श्रृंखलाको दोस्रो खेलमा बुधबार बिहान नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ