arrow

भिडियोमा केबलकारबाट आपत्कालीन उद्धार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
chandragiri-abhyash.jpg

काठमाडौँ ।  सशस्त्र प्रहरी बलले केवलकार आपत्कालीन उद्धार अभ्यास गरेको छ । 

केबलकारमा हुन सक्ने कुनै पनि दुर्घटना बाट उद्धार कसरी गर्ने बारे जानकारी दिँदै चन्द्रागिरिमा अभ्यास संचालन गरिएको हो । 

केवलकार सुरक्षा एवं उद्धार अति नै चुनौतीपूर्ण रहेको कुरालाई दृष्टिगत गर्दै  पशुपतिनाथ बाहिनी काठमाडौँ र चन्द्रागिरि हिल्सको संयुक्त उद्धार अभ्यास गरेको हो । 

केबलकार प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए । 

सशस्त्र बल बाट २६ जना र चन्द्रागिरि हिल्सबाट ८ जना गरि ३४ जनाले अभ्यासमा सहभागी गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ