यी हुन् फागुन १४ मा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
680
Shares
काठमाडौँ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जय शङ्कर साहको परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
फागुन १४ सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकको मंगलबार निर्णय सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले उक्त कुरा बताएकी हुन्।
त्यस्तै सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुने गरी फागुन मसान्तसम्म थप गरेको छ ।
सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्ने गरी ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको छ ।