arrow

सशस्त्रद्वारा सुनसरीमा ७१ किलो गाँजा बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
apf-sunsari-gaja.jpg

सुनसरी । सशस्त्र प्रहरी बलले सुनसरीको कप्तागन्जबाट गाँजा बरामद गरेको छ । गएराति २१ः२० बजे सशस्त्रको ४ नम्बर गण हेडक्वार्टर सुनसरीले ७१ किलो गाँजा बरामद गरेको हो । 

देवानगन्ज गाउँपालिका वडा नं ४ यादवटोलस्थित दशगजा नजिक मकैबारीबाट लुकिछिपी दुई जना व्यक्तिहरुले २ वटा बोरा टाउकोमा बोकी भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तागन्जको टोलीले देखेर नियन्त्रणमा लिन खोज्दा दुई जनाले उक्त बोरा छाडेर भारततर्फ फरार भएका छन् । 

गाँजा बरामद गरी थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगन्ज बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ