arrow

टी–२० क्रिकेट श्रृंखला

कीर्तिपुर मैदानमा टी–२० मा नेदरल्याण्ड्सले बनायो अहिलेसम्मकै उच्च योगफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
netherlands-namibia-tu-24.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सले टी–२० क्रिकेटमा अहिलेसम्मकै उच्च योगफल बनाएको छ । नेदरल्याण्ड्सले नामिबियाविरुद्ध २४७ रन बनाएको हो । 

जारी त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गतको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेदरल्याण्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्वाधिक १३५ रन बनाएका थिए । लेभिटले ६२ बलमा १३५ रन बनाएका थिए । दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका लेभिटले शतक बनाएका हुन् । उनले पहिलो खेलमा नेपालविरुद्ध ५४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

त्यसैगरी सिब्राण्ड एंगेलब्रेचटले ७५ रन बनाएका थिए भने तेजा निडामानुरुले १८ रन बनाएका थिए ।

नेदरल्याण्ड्सले कीर्तिपुर मैदानमा नेपालले राखेको रेकर्ड तोडेको हो । सन् २०२१ मा नेपालले नेदरल्याण्ड्सविरुद्ध २३८ रन बनाएको थियो । सो कीर्तिमान नेदरल्याण्ड्सले तोडेको हो । टी–२० मा नेदरल्याण्ड्सको यो सर्वाधिक योगफल हो । 

श्रृंखलाको पहिलो खेलमा बुधबार नेपाललाई २ रनले हराएसँगै नेदरल्याण्ड्स हौसिएको छ । नाबिबियाका लागि रुबेन ट्रम्पेलम्यानले २ विकेट लिएका थिए भने बेन शिकोंगो र जान फ्राइलिंकले एक एक विकेट लिएका थिए ।

खेलमा नेदरल्याण्ड्स ५९ रनले विजयी भयो । नामिबियाले ७ विकेटको क्षतिमा १८८ रनमात्र बनाउन सक्यो । जान फ्राइलिंक र जान ग्रीनले समान ४२ रन बनाएको इनिङ्समा टिम भान डर गुग्टेनले सर्वाधिक २ विकेट लिए । 

यो खेलपछि समान २ खेलबाट ४ अंकसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा रहेको छ । २ अंकसहित नामिबिया दोस्रो तथा अंकविहीन नेपाल पुछारमा रहेको छ । 

यो श्रृंखलामा नेपालले खेलेका दुवै खेल हारेको छ । नामिबिया र नेदरल्याण्डसँग नेपाल पराजित भएको हो । नेपालले तेस्रो खेलमा नामिबियासँग शुक्रबार खेल्नेछ । फाइनल पुग्ने आशा जिवितै राख्न अब नेपालले कुनै पनि खेल हार्नु हुने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ