arrow

नेपाल विश्व सम्बन्ध परिषद्को वार्षिकोत्सव

छिमेकसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव : परराष्ट्रन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
nepal-china-india-saud.jpg

काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले छिमेकीलाई पहिलो प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको बताए । 

नेपालले सधैँ छिमेकीहरूसँगको सम्बन्ध पारस्परिक विश्वास र सम्मानका आधारमा कायम राख्ने बताए । दुवै छिमेकी मुलुकसँगको सहकार्य पुरानो र गहिरो भएको बताए । 

नेपालको भूखण्ड हिमालयका दुवै छेउका विशाल भूभागहरू बीचको एउटा प्रवेशद्वार भएकोले महत्त्वपूर्ण रहेको बताए । नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने बताए ।

परराष्ट्र मन्त्री साउदले नेपालले प्रमुख विश्व शक्तिहरूसँगको सम्बन्ध र विश्व राजनीतिलाई नजिकबाट नियालिरहेको बताए । विकास साझेदारहरूसँगको सम्बन्ध पनि नेपालको प्राथमिकताको विषय रहेको बताए । नेपाल सन् २०२६ मा अल्पविकसित देशको हैसियतबाट विकासशील देशको रूपमा उत्तीर्ण हुने तयारीमा रहेकोले नेपालको विकास प्रक्रियालाई दिगो बनाउन सबै साझेदारहरूबाट आर्थिक सहयोगको स्तर वृद्धि आवश्यक रहेको बताए । 

सन् १९४८ मा परराष्ट्र नीतिको छलफल र विश्वव्यापी सरोकारका विषयमा वकालत गर्ने गरी नेपाल विश्व सम्बन्ध परिषद्को स्थापना भएको थियो । यो गैर–राजनीतिक र गैर–नाफामुखी संस्थाको रूपमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ