arrow

सहायताको पर्खाइमा बसेका प्यालेस्टिनीमाथि इजरेली सेनाले बम गिरायो

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ ।  गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरेली सेनाले बम गरिराएको छ । 

 बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन्।

इजरेली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई बताएको छ ।

मृतक र घाइतेहरूलाई अल-शिफा अस्पतालमा लगिएको छ । यद्पि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरेली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमभणको निशाना बनाएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ