arrow

टी-२० शृङ्खला 

नेपाल टस हारेर ब्याटिङमा, नामिबिया बलिङमा

तीन खेलाडी परिवर्तन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
nepal-namibia.jpg

काठमाडौँ । काठमाडौँमा जारी टी-२० त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । 

नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

आजको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । खेलमा ओपनर कुशल भुर्तेलसहित ललित राजवंशी र सन्दीप जोरा बाहिर राखिएको छ ।

उनीहरूको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा समावेश गरिएको छ  ।

नेपालले यसअघिका दुवै खेल हारेकाले फाइनल पुग्ने सम्भावना जीवितै राख्न आजको खेल ‘गर या मर’ को अवस्थामा रहेको छ ।

टी-२० को पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो। 

नेपालले एक अंक पनि नजोडेको अवस्थामा फाइनल खेल्नका लागि अबका दुवै खेलमा फराकिलो जित हासिल गर्नुपर्नेछ । 

नेदरल्याण्ड्स दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ भने नामिबिया एक खेल जितेर २ अंकसहित दोस्रो स्थानमा छ । 

अंकविहीन नेपाल पुछारमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ