arrow

भन्न सकिँदैन

ओलीको भनाइ - एकै सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर हिँड्दैछ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
kp-oli-2080-07-17.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

बिहीबारबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा शुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले संसद्मा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको बताए । उनले संसद्मा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको पनि बताए । 

उनले राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति व्यङ्ग्य गरे । 

उनले नेकपा एमाले जिम्मेवारी र इतिहास बोकेको पार्टी भएको बताउँदै देश बनाउने भिजन बोकेको संस्था रहेको बताए ।

उनले भने, ‘नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिने अवस्था छैन । यहाँ त संसद्मा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे, असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ । संविधानमा त्यस्तो कुनै व्यवस्था छैन । कानुनमा व्यवस्था छैन, केही व्यवस्था छैन । के सपना देख्छ को मान्छेले भन्न सकिँदैन । राष्ट्रिय मान्यता प्राप्त नभएका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो की, त्यस्तै लाग्छ । तर नेकपा एमाले त्यस्ता भित्र पर्ने होइन, एउटा जिम्मेवारी र इतिहास बोकेको, देश बनाउने भिजन बोकेको संस्था हो र नेपाली जनताले सर्वाधिक मन पराएको संस्था पनि हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ