arrow

सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
border-sunsari-2080.jpg

सुनसरी । जिल्ला सुरक्षा समिति सुनसरीको निर्णय, कोशी गाँउपालिकाको सहकार्य र सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वार्टर सुनसरीको ब्यवस्थापनमा सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम सम्पन्न भएको छ । 

गत फागुन १२ देखि १६ गतेसम्म सञ्चालन भएको सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम समापन पश्चात् स्थानीय भद्रभलादमीहरुको सुझाव तथा सीमा इलाकामा रहेका बासिन्दाहरुमा राष्ट्रियताको भावनालाई अझ सुदृढ गराउने उद्धेश्यले मुख्य सीमा स्तम्भ, मुख्य नाका तथा सीमाक्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका पोष्टहरुमा झण्डा डेक्ससहित राष्ट्रिय झण्डा राख्ने कार्यक्रम भएको छ । 

पहिलो चरणमा शुक्रबार सुनसरीको कोशी गाँउपालिका वडा नं ८ तीनकुनेस्थित मुख्यनाकामा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको प्रमुख आतिथ्यमा सुनसरी क्षेत्र ४ खका प्रदेश सभासद इसरायल मन्सुरी, जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा सुनसरी जिल्ला सरकारी कार्यालय प्रमुखहरु, स्थानीय बासिन्दासहित अन्दाजी ५०–६० जनाको उपस्थितिमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ