arrow

केभीआर स्टेज रेस च्यालेन्जमा अशोक र माउन्टजोय विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
stage-race-challenge-2080.jpeg

काठमाडौँ । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभीआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ अशोक बराम र महिलातर्फ फ्लुअर माउन्टजोय विजयी भएका छन् । 

रानीकोटमा शुरु भएर डोलुमा सम्पन्न भएको ३७ किमी दौडअन्तर्गत पुरुषमा अशोकले निर्धारित दूरी चार घन्टा २३ मिनेट १९ सकेन्डमा पूरा गरे । राजा महतारा चार घन्टा २४ मिनेट २० सकेन्ड समय लगाएर उपविजेता र मनकुमार रोका मगर चार घन्टा ३४ मिनेट ०३ सकेन्डमा दौड पूरा गरेर तेस्रो स्थानमा रहे । 

महिलातर्फ च्याम्पियन बनेकी माउन्टजोयले पाँच घन्टा ३१ मिनेट ०४ सकेन्डमा दौड पूरा गरिन् । यसैगरी उपविजेतामा चित्त बुझाएकी स्टाइन हेजेलवर्गले पाँच घन्टा ५८ मिनेट र १४ सकेन्ड समय लगाइन् । 

सोन्या मार्टिनले पाँच घन्टा ५८ मिनेट ३६ सकेन्ड समय लगाएर तेस्रो स्थन हासिल गरिन् । सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ७० जना धाविकधाविकाको सहभागिता रहेको थियो । 

नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ