arrow

एकैदिन तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
nepal-rastra-bank.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ आइतबार एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार छापावाल सुन १ लाख १९ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

 आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ