arrow

बालेनले राजनीतिक रङ दिएको घटनाबारे बोल्यो नेपाल ट्रेड युनियन कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
ntuclogo.jpg
तस्बिर : फाइल

काठमाडौँ। स्वरोजगार श्रमिक र फुटपाथ व्यवसायीले गरेको विरोधमा भएको धरपकडका सम्बन्धमा नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले आपत्ति जनाएको छ।

आइतबार विज्ञप्ति जारी गर्दै एनटीयूसीले विगत लामो समयदेखि आफ्ना व्यवसाय, सञ्चालन गर्दै आइरहेको फुटपाथ व्यापारी र स्वरोजगार श्रमिकमाथि भएको बल प्रयोग कानूनी राज्यको उपहास भएको जनाएको हो।

महासङ्घका महासचिव अजयकुमार राईले जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक अभ्यासमा संवाद र छलफलबाटै निष्कर्षमा पुगिने भए पनि प्रहरी प्रशासनको प्रयोग गरी धरपकड गर्नु अमानवीय कार्य भएको उल्लेख गरिएको छ। साथै घटनाको क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्नसमेत माग गरिएको छ।

काठमाडौँ महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा प्रहरी र व्यवसायीबाट करिब एक दर्जन व्यक्तिहरू घाइते भएका थिए । बुधबार साँझ फुटपाथ व्यवसाय हटाउन गएको प्रहरीसँग व्यवसायीको झडप भएको हो। धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा उक्त घटना भएको थियो।

महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले इन्टाग्राममार्फत् झडपमा उत्रिने एमालेका कार्यकर्ताहरू भएको आरोप लगाएका छन्।

बालेनले घटनालाई राजनीतिक रङ दिँदै गर्दा नेपाली कांग्रेसको शुभेच्छुक सङ्गठनको रूपमा रहेको एनटीयूसीले त्यसको प्रतिरोध गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ