arrow

विधि र कानून निर्माणबारे धेरै सिक्ने अवसर पाइयो : प्रकाश पन्थ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
prakash-pantha.jpg
फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका निवर्तमान सभापति प्रकाश पन्थले आफ्नो छ वर्षे राष्ट्रियसभाको सदस्य कार्यकाल संसदीय अभ्यासका दौरानमा विधि र कानून निर्माणमा धेरै सिक्ने अवसर भएको उल्लेख गरेका छन् ।

प्रेस वक्तव्य जारी गर्दै उनले २०७४ सालदेखि २०८० फागुन २० गतेसम्म राष्ट्रियसभाको सदस्य भई छ वर्षे कार्यअवधिमा संवैधानिक जिम्मेवारी बहन गर्ने भूमिका प्राप्त भएको उल्लेख गरे ।

उनको छ वर्षे राष्ट्रिय सभाको सदस्यको कार्यकाल आइतबारदेखि सकिएको छ ।
 
“ऐतिहासिक गौरवको अनुभूति भएको छ । सिकाइ र अनुभव मुलुक र जनताको हितमा सदैव उच्चतम सदुपयोग गर्नेछु । आगामी दिनमा संसद्, सरकार र नागरिक सरोकारवालालाई निरन्तर जोड्ने प्रयास गर्नेछु”, उनले उल्लेख गेका छन् ।

पन्थले नीति, विधि, थिति निर्माणमा नागरिक सहभागिता प्रवर्द्धनमा आफ्नो भूमिका रहिरहने बताउँदै सामाजिक न्यायको पक्षमा, सुशासन प्रवर्द्धन र भ्रष्टाचारविरुद्धको अभियानमा आमनागरिकको साथमा खडा भइरहने उल्लेख गरे ।

संविधान र व्यवस्था अग्रगामी हुँदाहुँदै पनि नागरिकको इच्छा, चाहना, अपेक्षा एवं भरोसा अनुकूल मुलुक र जनताको हितमा काम हुन नसकिरहेको उनको भनाइ छ । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गर्दै संविधान निर्माण र जारी गर्ने राजनीतिक शक्ति र नेतृत्वले विश्वास र भरोसाका साथ सबैलाई जोडेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ