arrow

आजै एमाले र माओवादी सम्मिलित नयाँ गठबन्धन सरकार, सानो आकारको मन्त्रिमण्डल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
prachanda-oli-singhadarwar-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेस सम्मिलित सत्ता गठबन्धन ढल्ने निश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘इट्स टु लेट’ भन्दै बालुवाटारबाट बिदा गरेपछि अब एमालेसँग सहकार्य गरेर प्रचण्डले सत्ता चलाउने भएका हुन् । 

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आज नै गठबन्धन परिवर्तन भएर नयाँ सरकार गठन हुनेछ । उनले भने, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै । सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिनेछ ।’

योसँगै एक वर्षसम्मको कांग्रेस–माओवादीको गठबन्धन सहकार्य पनि आजैदेखि टुंगिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ