arrow

एमाले र रास्वपा सम्मिलित तीन बिना विभागीय मन्त्रीले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
ministers-oath-80-11-21.jpg

काठमाडौँ । नयाँ गठबन्धन बनेसँगै सोमबार साँझ तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा बिना विभागीय मन्त्रीहरू माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना विभागीय मन्त्रीको सपथ ग्रहण गराइएको हो । 

शीर्ष नेताहरूबीच सहमति भएपछिमात्र उनीहरूको जिम्मेवारी तोकिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ