arrow

टी–२० श्रृंखला

उपाधिका लागि नेपाल नेदरल्याण्ड्सविरुद्ध उत्रँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
nepal-netherlands-24-02-25z.jpg

काठमाडौँ ।  त्रिकोणात्मक टी- २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालमा जारी खेलमा आज फाइनल खेल हुँदैछ । 

आजको खेलमा नेपाल उपाधि जित्नका लागि नेदरल्याण्ड्सविरुद्ध उत्रँदै छ। 

नामिबिया, नेपाल र नेदरल्याण्ड्स सम्मिलित श्रृंखलामा आज फाइनल खेल हुन लागेको हो । 

फाइनलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ११ बजेबाट कीर्तिपुरमा शुरु हुनेछ । 

चर वटा खेल खेल्दा नेपालले दुई, नेदरल्याण्ड्सले २ र नामिबियाले १ मा जित निकालेका छन् । 

त्यस्तै नेदरल्याण्ड्स र नामिबियाबीचको अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएसँगै दुवै टोलीले समान १-१ अङ्क बाँडेका थिए ।

 नेपालले एक खेल नामिबिया र एक खेल नेदरल्याण्ड्ससँग जितेको हो भने समान १-१ खेल दुवै टोलीसँग पराजय व्यहोरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ