arrow

टी-२० श्रृंखलाको फाइनल

फाइनलमा नेपालले जित्यो टस, नेदरल्याण्ड्स बलिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
nepal-netherlands-final.jpg

काठमाडौँ । काठमाडौँमा जारी टी-२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको फइनलमा नेपालले टस जितको छ ।

टस जितेर नेदरल्याण्ड्सविरुद्ध नेपालले ब्याटिङ रोजेको छ । योसँगै नेदरल्याण्ड्सले बलिङको निम्तो पाएको छ। 

नामिबिया, नेपाल र नेदरल्याण्ड्स सम्मिलित श्रृंखलामा आज फाइनल खेल हो । 

चर वटा खेल खेल्दा नेपालले दुई, नेदरल्याण्ड्सले २ र नामिबियाले १ मा जित निकालेका छन् । 

त्यस्तै नेदरल्याण्ड्स र नामिबियाबीचको अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएसँगै दुवै टोलीले समान १-१ अङ्क बाँडेका थिए ।

लिग चरणको अन्तिम खेलमा दुवै टिमले अङ्क बाँडेसँगै नेदरल्याण्ड्स शीर्ष स्थानमा रहेर र नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगे । 

खेलसँगै नेदरल्याण्ड्सको ५, नेपालको ४ तथा नामिबियाको ३ अङ्क बन्यो । 

नेपालको प्लेइङ ११ मा आज कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

नेपालको नेदरल्याण्ड्सविरुद्ध दोस्रो खेलः 
लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्समाथि ६ विकेटको जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा १२१ रनको झिनो चुनौती नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाबीच तेस्रो विकेटका लागि सर्वाधिक ८६ रनको साझेदारी भएको थियो । सो क्रममा रोहितले ३४ बलमा ४६ तथा गुल्सनले ३६ बलमा ३८ रन बनाए । 

कुशल भुर्तेलले १२, आसिफ शेखले ८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित रहँदै ४ तथा कुशल मल्लले अविजित रहँदै २ रन बनाए । 

खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै १९.३ ओभरमा अलआउट हुँदै १२० रनमात्र बनाउन सक्यो । 

म्याक्स ओ’डडले २४ बलमा सर्वाधिक ३१ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा प्रतिस जीसीले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ३ विकेट लिए । 

त्यस्तै करण केसी र कुशल मल्लले २–२ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए । दुई खेलाडी रन आउट भए । 

नेपालले पहिलो ओभरमै दुई विकेट झारेको थियो । करण, प्रतिस र कुशलले एकै ओभरमा समान २–२ विकेट लिएका थिए । 
नेपाल लगातार दुई खेल जितेर फाइनलमा पुगेको हो । शुरुआती दुई खेलमा नामिबिया र नेदरल्याण्ड्ससँग पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा नामिबिया र नेदरल्याण्ड्सलाई पराजित गरेको हो ।

नेपालको नेदरल्याण्ड्सविरुद्ध पहिलो खेल
नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो । १८५ रनको चुनौती लिएर मैदानमा उत्रेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रनमात्र बनाउन सक्यो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३६ बलमा ५० तथा आसिफ शेखले २३ बलमा ३४ रन बनाए । 

नेदरल्याण्ड्सका साइब्रान्ड इंगेलब्रेच्ट र रोएल्फ भान डर मेर्वेले २–२ विकेट लिए । 

टस जितेर नेपालले खराब बलिङ गर्यो । नेदरल्याण्डले ४ विकेटको क्षतिमा १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि डेब्यु खेलाडी माइकल लेभिटले ३६ बलमा ५४ रन बनाए । 

साइब्रान्ड एंगल ब्रेच्टले ३८ बलमा अविजित रहँदै ४९ रन जोडे । त्यस्तै कप्तान स्कट एड्वार्डसले १६ बलमा ३३ तथा तेजा निदामानुरुले २४ बलमा ३१ रन जोडे । 

नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए । दुई खेलाडी रनआउट भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ