arrow

टी-२० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
nepal-netherlands-final-2.jpg

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले हात पारेको छ । 

नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले सो उपाधि हात पारेको हो । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य नेदरल्याण्ड्सले तीन बल रहँदै पुरा गरेको हो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए ।

स्याब्रान्ड इंगेलब्रेक्टले २९ बलमा ४ चौका र ३ छक्का हानेर ४८ रन बनाए । इंगेललब्रेक्टपछि भान डेर गुग्टेनले ५ बलमा समान २ चौका र छक्कासहित अविजित २१ रन बनाएपछि नेदरल्यान्ड्सले १९.३ ओभरमा १ सय ८९ रन बनाएको थियो ।

नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो  । 

नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए ।

 कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए । 

दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् ।

पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छ/छ रन बनाए ।

नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र  साइब्राण्ड एङ्गलब्रेक्टले समान दुई/दुई विकेट लिए ।

नेपालले पछिल्लो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरी फाइनलमा पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ