arrow

बाहिनीपति कप प्रतियोगिता सुनसरीमा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
afp-sunsari-bahini-sports.jpg

सुनसरी । सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले “बाहिनीपति कप प्रतियोगिता २०८० आयोजना गरेको छ। संगठनको पेशागत गतिविधि चक्र अन्तर्गत बाहिनी पति कप प्रतियोगिता मंगलबारदेखि शुक्रबारसम्म संचालन हुनेछ । 

प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिसका खेलहरु समावेश गरीएको छ। प्रतियोगितामा फुटबल, भलिबल, टेबल टेनिसतर्फ र ब्याडमिन्टनतर्फ ८–८ टिम र एथ्लेटिक्सतर्फ १६ जना (महिला र पुरुष) सहभागी गराई प्रतिस्पर्धा गराइने प्रतियोगिताको बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्‌घाटन गरेका थिए । 

फौजको व्यवसायिक क्षमता अभिवृद्धि, सामूहिक भावनाको विकास, युनिटप्रतिको वफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध साधन स्रोतको सदुपयोग तथा व्यवसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले पेशागत गतिविधि चक्र अन्तर्गत संचालित प्रतियोगितामा बाहिनी मातहत गण र गुल्महरुबाट विभिन्न ५ विधाका खेलहरुमा १२० जना भन्दा बढी खेलाडी सशस्त्र प्रहरी कर्मचारीहरुले प्रतिस्पर्धा गर्नेछ । 

उद्‌घाटन खेलमा सशस्त्र प्रहरी बल नेपाल नं १ गण हेडक्वार्टर ईलाम र सशस्त्र प्रहरी बल नेपाल नं ५ गण हेडक्वार्टर त्रियुगा उदयपुरको फुटबल टिमबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नं ५ गण हेडक्वार्टर त्रियुगा उदयपुर टाब्रेकरमा ७–६ ले विजयी भएको थियो ।
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ