arrow

'तत्काल युद्धविराम' स्वीकार गर्न हमासलाई ब्लिन्केनको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
antony-blinken-usa.jpg

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार हमासलाई इजरेलसँग “तत्काल युद्धविराम“ स्वीकार गर्न आह्वान गरेका छन् ।  

हमास लडाकुहरूले कायरोमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूसँग भेट गरेको सन्दर्भमा अमेरिकी विदेशमन्त्रीको सो धारणा सार्वजिनक भएको हो ।

“हामीसँग तत्काल युद्धविरामको अवसर छ जसले बन्धकहरूलाई घर ल्याउन सक्छ, प्यालेस्टिनीहरूलाई मानवीय सहायताको मात्रामा व्यापक वृद्धि गर्न सक्छ,“ उनले उल्लेख गरेका छन् ।  

वाशिङ्टनमा कतारका प्रधानमन्त्रीसँगको भेटमा अमेरिकी मन्त्रीले द्वन्द्वको स्थायी समाधानका निम्ति हमास लडाकुहरूले निश्चित शर्तसहित अगाडि बढ्नुपर्ने धारणा पनि सार्वजनिक गरेका छन् । 

हमास यो युद्धविराम प्रक्रियामा संलग्न हुन तयार छ कि छैन भन्ने बारे निर्णय गर्ने कुरा हमासको हातमा रहेको अमेरिकी विदेशमन्त्री ब्लिन्केनले स्पष्ट पारेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ