arrow

काठमाडौँतर्फ आउँदै गरेको बस त्रिशूलीमा खस्यो : चार जनाको मृत्यु, ३० भन्दा बढी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
bus-accident-trisuli-1122.jpg

धादिङ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ ।

आज विहान भएको सो दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । 

बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए ।

उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन् । 

सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । 

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ